नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा एमसीसीको विशाल अग्रता
काठमाडौं । नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीन सय २ रनको फराकिलो अग्रता लिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाललाई सस्तैमा समेटेर दोस्रो इनिङ थालेको एमसीसीले दोस्रो दिनको खेल सकिदा २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोडेको छ । योसँगै एमसीसीले नेपालविरुद्ध तीन सय २ रनको फराकिलो अग्रता बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङमा १०१.५ ओभरमा अलआउट हुँदै तीन सय ६४ रन बनाएको थियो । पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर तीन सय ११ रन बनाएको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।
एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए । एमसीसीका विल रोड्स ७३ र विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ खेले । मिल्स हाम्मोन्डले पनि ५२ रन बनाए । यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिए । सोमपाल कामी र शरद भेषवाकरले समान दुई विकेट लिए । पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा एकसय ५३ रन जअलआउट भएको थियो । नेपाल फलो अनमा परेको थियो । तर, एमसीसीले नेपाललाई फलो अन नदिई ब्याटिङ गरेको थियो ।
खराब ब्याटिङ गरेको नेपालले नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो । नेपालका विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।
विनोदले ३६ रन बनाए भने सोमपाल २६ रनमा आउट भए । त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल
-
‘विच्याट’मार्फत करोडौँ राजस्व ठगी : व्यापार नेपालमा, भुक्तानी चीनमा