शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

बिहीबार, २१ कात्तिक २०७६, १७ : ५०
बिहीबार, २१ कात्तिक २०७६

बुटवल– पूर्वी नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । देवचुली १७ फारमचोकमा लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रङ्गको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक पाल्पाको पोखराथोक बस्ने २२ वर्षका राजेश नेपालको पुरानो मेडिकल कलेजमा बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।

त्यसैगरी दुर्घटनापरी गम्भीर घाइते अन्दाजी २५ बर्षका पुरुष व्यक्तिको उपचारको क्रममा जल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अझै सनाखत हुन सकेको छैन ।

उनको साथमा आशिष चौधरीको नाममा रहेको एटिएम कार्ड फेला परेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनको अझै पहिचान हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप