नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र
मोरङ । मोरङको बेलबारीमा पहिलो पटक हुन लागेको नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिराटनगर स्थित नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।
प्रतियोगिताका लागि खेलाडी आमन्त्रण, खेल स्थल सजावट, स्वागतद्वार निर्माण, प्रचारप्रशार लगायतको काम तीव्र रुपमा भईरहेको बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिईन् । प्रतियोगिता सफल पार्न संघका उपाध्यक्ष सुवास कार्कीको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास व्यवस्थापन, लेखा, प्राविधिक, प्रचारप्रशार र स्वयंसेवक व्यवस्थापन समिति निर्माण गरेर प्रतियोगिताको तयारी भईरहेको छ ।
मोरङ जिल्लामै पहिलो पटक हुँन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुँने आयोजक बेलबारी नगर सितोरियो कराते संघका अध्यक्ष सञ्जय सुवेदीले जानकारी दिए । प्रतियोगिताको उपाधिका लागि नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडीवीच ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि प्रतिस्पर्धा हुँनेछ । बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत