शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की २ उपनिर्वाचन – उम्मेदवारी दर्ता गरेसँगै के भने विद्या र खेमराजले ?

रवीन्द्रको प्रतिबद्धता पूरा गर्छु : विद्या, मेरो उम्मेदवारीसँगै गुटको अन्त्य भयो : पौडेल
बिहीबार, २१ कात्तिक २०७६, १७ : ४७
बिहीबार, २१ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा कास्की २ का लागि २२ जना उम्मेदवारले उमेदवारी मनोनयन दर्ता गरेका छन् । २२ जना उम्मेदवारको मनोनयन दर्ता भए पनि मुख्य भिडन्त भने नेकपाकी विद्या भट्टराई र प्रमुख प्रतिपक्ष कांग्रेसका खेमराज पौडेलबिच हुने निश्चित जस्तै छ । 

उमेदवारी मनोनयन दर्तापछि उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेकपाकी उमेदवार विद्या भट्टराईले रवीन्द्रको प्रतिबद्धता पूरा गर्ने बताएकी छिन् । विद्या तत्कालीन पर्यटन मन्त्री रवीन्द्रकी पत्नी हुन् । 

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले रवीन्द्रको पत्नीभन्दा पनि राजनीतिमा योगदान पुु¥याउन उमेदवारी दिएको बताएकी छिन् । चुनाव जित्नको लागि आँसु बेच्न थालेको आरोपको खण्डन गर्दै विद्याले चुनाव जित्नको लागि आँसु बेच्नु नपर्ने दाबी गरिन् । ‘शोकलाई शक्तिमा बदल्नको लागि तपाईंहरुको सामु आएकी छु,’ उनले भनिन्, ‘चुनाव जित्नकै लागि भनेर आँसु बेच्न थालेको बाहिर जुन किसिमको हल्ला छ । चुनाव जित्नका लागि आँसु बेच्नै पर्दैन ।’

कम्युनिस्ट सरकारबाट जुन किसिमका अपेक्षा छ त्यो पुरा हुँदै जाने र तत्काल आत्तिन पर्ने अवस्था नरहेको उनले उल्लेख गरिन् । तत्कालीन मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि ताप्लेजुङमा मृत्यु भएको थियो । 

यता, प्रमुख पतिपक्ष कांग्रेसका उम्मेदवार नेता खेमराज पौडेलले आफ्नो उमेदवारी सँगै पार्टी भित्रको गुट उपगुट पनि अन्त्य भएको दाबी गरेका छन् । तपाईंले चुनाव जित्नुहुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा अमेरिकाका राष्ट्रपति ट्रम्पले पनि चुनाव जित्छ भनेर कसैले पनि नपत्याएको तर जितेजस्तै आफूले चुनाव जित्ने दाबी गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप