शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु

बिहीबार, २१ कात्तिक २०७६, १६ : ३९
बिहीबार, २१ कात्तिक २०७६

वीरगन्जमा आज देखि नेपाली चलचित्र स्वर्णिम महोत्सव शुरु भएको छ । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

उद्घाटन कार्यक्रमअघि वीरगन्जको घण्टाघरबाट विभिन्न जाताजाति र समुदायका भेषभूषाको झाँकी सहितको ¥यालि कार्यक्रम स्थल आदर्शनगर खेल मैदानमा पुगेको थियो । विभिन्न विद्यालयका विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा वीरगन्जको घण्टाघरबाट निकालिएको झाँकी सहितको ¥याली नगरको मुख्य सडक माईस्थान, आदर्शनगर चोक, कैलास होटल चोक हुदै आदर्शनगरको मैदानमा पुगेको थियो ।

उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकूल बाँसकोटा, मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।

तीनदिने चलचित्र महोत्सवमा बलिउडका चर्चित अभिनेता गोविन्दा लगायत नेपाली चलचित्रका चर्चित पूराना तथा नयाँ कलाकारहरुको सहभागिता रहने छ । कतिपय कलाकारहरु आज आउने क्रममा पनि रहेको महोत्सव मूल तयारी समितिका संयोजक विमल पौडेलले जानकारी दिए । महोत्सवमा सहभागि हुने आउने अतिथिहरुले वीरगन्जका सबै होटलहरु भरिएका छन् । महोत्सव प्रवेशका लागि एक सय रुपैयाँको प्रवेश शुुल्क राखिएको छ ।

नेपाल चलचित्र निर्माता संघ, नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघले नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना गर्न लागेको हो । तीन दिने महोत्सवमा नेपालका विभिन्न भाषाभाषीका चलचित्र र चर्चित चलचित्रहरुको प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ ।

हिमाल, पहाड र तराईको संस्कृतिलाई जोड्ने र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव आयोजनाका लागि प्रदेश २ को सरकार, पर्यटन प्रवद्र्धन समन्वय समिति र वीरगन्ज महानगरपालिकाले पनि सहयोग गरेको नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष समेत रहेका संयोजक पौडेलले जानकारी दिए । मधेसको संस्कृति, भाषाको प्रवद्र्धन र यहाँका स्थानीय कलाकारहरुलाई मूलधारको कलाकारिताक्षेत्रमा पनि सहभागिता गराउने महोत्सवको उद्देश्य रहेको उनले बताए । महोत्सवको समापन भने २३ गते प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप