भोली हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं– पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । ‘केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा बदली हुनेछ’, मौसमविद् अर्यालले भने ।
भोलि देशका पहाडी भागमा आंशिकदेखि समान्य बदली रही देशका पहाडी भागको एक दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार देशकोे पूर्वी र मध्यभागलगायत पश्चिमी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २४ दशमलव १ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबै भन्दा कम जुम्ललाको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हप्ताभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
-
राष्ट्रियसभा बैठक : सांसद दीपक बोहराको निधनप्रति शोक प्रस्ताव पारित
-
धरहरामा भूकम्प स्मृति सभा (तस्बिरहरु)
-
तस्बिरमा हेर्नुहोस् संघीय संसद्को बजेट अधिवेशन
-
केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
-
‘कांग्रेस–एमालेबिचको सहमति कांग्रेसले अक्षरशः पालना गर्छ’