बेलायतबाट सुपुर्दगी गरिए आत्महत्या गर्ने हिरा व्यापारीको चेतावनी

एजेन्सी । बेलायतमा हिरासतमा रहेका भारतीय हिरा व्यापारी निरव मोदीले आफूलाई जेलमा ‘तीन पटक’ पिटिएको बताएका छन् । त्यस्तै उनले आफूलाई भारत सुपुर्दगी गरिएमा आत्महत्या गर्ने धम्की दिएका छन् ।
यस्तो विलाप गर्दा पनि उनको सुनुवाई हेरेकी न्यायाधीशले उनलाई जमानत दिन अस्वीकार गरिन् ।
बुधबार ४९ वर्षीय मोदी वेस्ट मिनिस्टर म्याजिस्टेट कोर्ट सामु प्रस्तुत गरिएका थिए । मोदीसँग उनको पक्षमा वकालत गर्ने ब्यारिस्टर ह्युगो किथ क्युसी पनि सँगै थिए ।
निरवमाथि पञ्जाव नेसनल बैंकलाई ९१ अर्ब भारु ठगेको आरोप छ । अर्को वर्ष मे ११–१५ मा मोदीलाई भारत सुपुर्दगी गर्ने नगर्नेबारेमा वहस सुरु हुँदैछ, त्यसअघि उनलाई हिरासतमा राखिनेछ ।
किथले ब्याण्ड्स्वर्थ जेलमा अप्रिलमा निरवमाथि दुई पटक सांघातिक आक्रमण भएको बताएका छन् । पछिल्लो पटक मंगलबारसमेत पनि उनीमाथि कारबाही भएको किथले बताए ।
‘हिजो विहान नौ बजेपछि दुई कैदी उनको कक्षमा प्रवेस गरे । त्यसपछि तिनले ढोका ढप्काएर उनीमाथि मुक्का हाने र भूईमा लडाएर लात्ती पनि हाने । उनीबारे मिडियामा विभिन्न खबर आएपछि उनीमाथि ध्यान बढेको छ, त्यसले उनीमाथि आक्रमणको योजना बनाइएको हुन सक्छ,’ किथले निरवको डिप्रेससम्बन्धी व्यक्तिगत डक्टरी रिपोर्ट मिडियामा लिक भएको तर्फ संकेत गरेका थिए ।
उनले कारागार प्रशासनले आक्रमण रोक्न असफल भएका भएको बताए । त्यस्तै निरवले काउन्सलरको माग पनि अस्वीकार गरिएको आरोप लगाए ।
‘मिडियाले गल्तीपूर्ण रुपमा निरवलाई ‘अर्बपति हिरा कारोबारी बताइरहेका छन् । त्यसले पनि उनीमाथि आक्रमण भावि दिनमा पनि आक्रमण हुन सक्छ ,’ किथले भने ।
अदालतलाई प्रस्तुत गरेको प्रमाणमा निरवले भारत सुपुरदगी गरिएमा आत्महत्या गर्ने धम्की दिएका छन् । उनले भारतमा आफूमाथि निष्पक्ष सुनुवाई नहुने दावी गर्दै आएका छन् ।
प्रमुख मेजिस्ट्रेट एम्मा एयरबुथनोटले निरवको जमानत अस्वीकार गर्दै जेलबाहिर भएमा निरव फरार हुने वा प्रमाण तथा प्रत्यक्षदसीहरुलाई प्रभावित बनाउने सक्ने डर भएको बताइन् । निरवलाई अब डिसेम्बर ४ मा अदालतमा प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ