केन्द्रीय संस्करण

बलिउडमा महानायक अमिताभको पहिलो फिल्ममा थियो यति पारिश्रमिक

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

मुम्बई– बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चनको फिल्मी करियर ५० बर्ष पुरा भएको छ । ७ नोभेम्बर १९६९मा प्रदर्शित फिल्म ‘सात हिन्दुस्तानी’ बाट उनको करियर सुरु भएको थियो । जुन अहिले पनि जारी छ । ख्वाजा अहमद अब्बासको लेखन, निर्माण र निर्देशन रहेको यो फिल्ममा गोवालाई पुर्तगाली शासकबाट मुक्त गराउन सात हिन्दुस्तानीले गरेको संघष बिषय बनाइएको थियो ।

फिल्ममा उत्पल दत्त, मधु, एके हंगलका साथमा अमिताभले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा टीनु आनन्दको कविको भूमिका थियो भने अमिताभ उनको साथीको रुपमा छानिएका थिए । तर टीनुले फिल्म छोडेपछि  अमिताभले कविको भूमिका निर्वाह गरे ।

‘सात हिन्दुस्तानी’ बाट अभिनय करियर सुरु गरेका अभिताभले पहिलो फिल्ममा कति परिश्रमिक लिएका थिए ? यो कमैलाई मात्र थाहा भएको विषय हो ।  यो फिल्मका लागि अमिताभले जम्मा ५ हजार पाएका थिए । सो समयमा यो फिस अभिनेताका लागि कमै थियो । तर पनि अमिताभले फिल्म अभिनय गरे । 

‘सात हिन्दुस्तानी’ ले व्यवसायिक रुपमा कुनै कमाल देखाउन पनि सकेन । तर ‘सात हिन्दुस्तानी’ पछि अभिनय क्षेत्रमा उनले पछि फर्किएर हेर्नुपरेन । यो फिल्म पछि उनले कयौं फिल्म दिए । शोले, दीवार, जन्जीर, हम, सिलसिला, कुली, सत्ते पे सत्ता, चुपके चुपके, कभी कभी, पा, चीनी कम लगायत बलिउडमा उनले थुप्रै हिट फिल्म दिएका छन् । 

    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...