केन्द्रीय संस्करण

कास्कीमा विद्यालाई मतदाताको आग्रह : रवीन्द्रको सपना र देशलाई समृद्धिपथमा लैजान सुझाव

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

पोखरा– मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार बनेकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान तत्कालीन मन्त्री स्व.रवीन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरीबाट शुरू गरेकी छन् । 

रवीन्द्रको निधनपछि निरास बनेका भरतपोखरीबासी विद्याको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । 

आफ्नो चुनावी अभियान शुरू गर्न गृहस्थान पुगेकी विद्यालाई स्वागत गर्दै स्थानीय बासिन्दाले रवीन्द्रको सपना पुरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए ।  

भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफु रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिवद्धता जनाइन् । 

उनले मतदाता तथा सम्पूर्ण जनसमुदायहरूलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन आग्रह समेत गरिन् ।

भरतपोखरी रविन्द्रको जन्मस्थानका साथै नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण कोशेढुंगा भएकाले सबैको समृद्धि आफ्नो मूलमन्त्र भएको विद्याको भनाई छ । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भीम कार्कीले पार्टीका क्षमतावान, बौद्धिक नेतृ, विद्या भट्टराईलाई उम्मेदवार बनाएको भन्दै आउने दिनमा उनको भूमिकाले क्षेत्र र जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्ने हुँदा बिजयी गराउन आग्रह गरिन् ।

उम्मेदवार कास्कीका संयोजक धनराज आचार्यले रविन्द्रको विरासत अगाडि बढाउन विद्याको महत्वपूर्ण भूमिका हुनेकुरामा दुविधा नरहेको भन्दै पार्टी र आम जनसमुदायहरूलाई विश्वस्त हुन आग्रह गरे ।  कार्यक्रममा अनेरा स्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अव्वल र समृद्धिका सम्वाहक रविन्द्र अधिकारी जस्ता अनुकरणीय नेता भरतपोखरीले गरेको भन्दै भरतपोखरीको सामु फेरी आएको यो अवसरलाई भरपुर प्रयोग गर्न पछि पर्न नहुने बताए । 

नेकपा पोखरा महागरपालिका वडा नं. ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौंका संख्यामा उपस्थित भरतपोखरीबासीले भट्टराईलाई निर्वाचनमा बिजयी सुनिश्चित भएको भन्दै निर्वाचनमा उम्मेदवार पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका थिए ।  

लगत्तै भट्टराईले भरतपोखरी स्थित सहिद तुलराज आचार्यको फोटोमा माल्यार्पण सहित निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् । विद्याको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.