शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ः मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार, २१ कात्तिक २०७६, १४ : ०५
बिहीबार, २१ कात्तिक २०७६

मोरङ– आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । उक्त कार्यालयले यही कात्तिक २७ गते मनोनयन पत्र दर्ताका लागि आह्वान गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए ।

उक्त निर्वाचनमा वडाका एक हजार ९२७ महिलासहित  चार हजार ७४ मतदाताले आफ्नो जनप्रतिनिधि चुन्ने छन् । वडाध्यक्ष तत्कालीन नेकपा (एमाले) तर्फबाट विजयी बलिराम  भगतको २०७५ जेठ २४ गते मृत्यु भएकाले सो स्थानका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार, तेस्रो लिङ्गी दुई गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप