शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की क्षेत्र नम्बर–२ मा १६ जनाको उम्मेदवारी दर्ता

बिहीबार, २१ कात्तिक २०७६, १३ : ४१
बिहीबार, २१ कात्तिक २०७६

कास्की– कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । जसमा २ जना स्वतन्त्रतर्फका उम्मेदवार पनि छन् ।

यो निवार्नचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारी साझा पार्टीका रजनी केसीले पनि उम्मेदार मनोनयनपत्र दर्ता गरेका छन् ।

 कास्कीमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजंग कुवँरले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार बिहीबार १ बजेभित्र १६ जनाको उम्मेदवारी दर्ता भएपनि अरु केही सो समयमा कार्यलयभित्र पसेकाले थपिन सक्ने जानकारी दिए । 

यसैबीच उम्मेदवारी मनोनयन दर्ता लगत्तै दलहरुले चुनावी सभा थालेका छन् । 

नेकपाले उम्मेदवारी मनोनयनसँगै पोखराको रत्न चोकमा चुनावी सभा गरेको छ । त्यस्तै काँग्रेसको पोखरा एयरपोर्ट नजिक मुस्ताङचोकमा चुनावी सभा गरेको छ । 

यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो । 

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहीबार १ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप