केन्द्रीय संस्करण

सुरु भयो ‘मिसेस ब्यूटी क्वीन’ को नयाँ सिजन

person explore access_timeकात्तिक २१, २०७६ chat_bubble_outline0

काठमाडौं । सिजन मिडिया आयोजक रहेको विवाहित महिला केन्द्रित ‘मिसेस व्यूटी क्विन नेपाल २०१९’को तेस्रो संकरण सुरु भएको छ । 

विवाहित महिलाहको सहभागिता रहने  प्रतियोगिता उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वदायी क्षमताको विकास गर्ने उदेश्यले आयोजना हुँदै आएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्ते बताए ।

दशक लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता गर्दै आएकोे मिडियाले यो संस्करणमा ३० प्रतियोगी समावेश गराउनेछ । 

आयोजक सिजन मिडियाले एक बिज्ञप्ती प्रतियोगिताको आवेदन समेत खुल्ला गरेको छ ।

प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’को शीर्ष उपाधिका साथ टिभिएस स्कुटर, इन्डोनेसीयाको वाली भ्रमणको लागि ३ वटा हवाई टिकट र विभिन्न गिफ्ट हात पार्ने छन् । प्रतियोगितामा शिर्ष बाहेक विभिन्न १७ विधामा समेत बिजेता छानिने छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...