कास्कीमा विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की– कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् ।
कास्कीका प्रमुख निर्वाचन अधिकृतले भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।
बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् ।
त्यस्तै २ नम्बरमा देशभक्तभ समाजका वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । विश्वकर्माको प्रस्तावक कृष्णबहादुर कामी रहेका छन् भने समर्थकमा नरमाया सुनार रहेकी छन् ।
त्यसैगरी ३ नम्बरमा नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् । ४ नम्बरमा साझा पार्टीका रजनी केसी तथा ५ र ६ नम्बरमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजङ्ग कुवँरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
नेपाली काँग्रेस, समाजवादी र राप्रपा लगायतका उम्मेदवारले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक