उम्मेदवारी दर्ताका लागि भक्तपुरमा र्यालीसहित जाने दलहरुको तयारी

भक्तपुर । प्रदेश सभा सदस्य पदका लागि मङ्सिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवार मनोनयनपत्र दर्ता गर्न प्रमुख दलहरु र्यालीसहित निर्वाचन कार्यालय जाने भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार नेपाली काँग्रेस भक्तपुरले भक्तपुर क्षेत्र नं १को प्रदेशसभा(क) तर्फको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्न र्याली सहित जाने जनाएको छ ।
त्यसका लागि काँग्रेसले बिहीबार बिहान साढे १० बजे कमलबिनायक चोकमा भेला भएर र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने तयारी गरेको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भक्तपुरले कमल बिनायक भत्केको पार्टीमै भेला भएर र्यालीसहित भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउन जाने तयारी गरेको छ । नेकपाले मनोनयनका लागि ११ बजे र्यालीसहित आयोगको कार्यलय पुग्ने जनाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले १० बजे दुधपाटीमा भेला भएर र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय जाने जनाएको छ ।
बिबेकशिल साझा, नेपाल मजदुर किसान पार्टी भक्तपुरले भक्तपुरले पनि छुट्छुटटै समयमा उम्मेदवारी मनोनयन दर्ताका लागि र्यालीसहित जाने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु