प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको उम्मेदवारी दर्ता आज

काठमाडौँ– १०१ राजनीतिक दल मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीमा होमिएका छन् । सबैजसो राजनीतिक दलहरुले उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न चुनावी रणनीतिसहित औपाचारिक रुपमा उम्मेदवारसहित बिहीबारबाटै चुनावी मैदानमा उत्रन लागेका हुन् । निर्वाचनअन्र्तगत प्रतिनिधि सभा सदस्य पद–१ र प्रदेश सभासदस्य ३ पदका लागि उम्मेदवार बन्न चाहनेहरुले बिहीबार आज मनोनयन पत्र दर्ता गर्नेछन् भने स्थानीय तहतर्फ २७ गते उम्मेदवारी दर्ता गर्दैछन् ।
प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचन अयोगले बिहीबार १० बजेदेखि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने समय तालिका छुट्याएपछि दलहरु सोहीअनुसार अघि बढेका हुन् ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारले आफ्नो उम्मेदवरा मनोनयन पत्र दर्ता गर्नसक्नेछन् ।
उम्मेदवारीपत्र दर्तापछि बिहीबारै दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै निर्वाचन आयोगका अनुुसार कार्तिक २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
कार्तिक २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गर्ने, २३ गते दिउँसो अपराह्न ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
२४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १०१ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।
यो निर्वाचनका लागि १६ वटा नयाँ दल थपिएका छन् । ०७४ मा सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिएका ८५ सहित थपिएिका १६ गरेर जम्मा १०१ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउने छन् ।
निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूलाई आयोगले चुनावचिन्हसमेत प्रदान गरिसकेको छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा निर्वाचन आयोगले ४ लाख ५४ हजार एक सय १४ मतदाताले मतदान गर्दैछन् । ०७४ को निर्वाचनपछि १६ हजार दुई सय १९ मतदाता थपिएका हुन् । पुरुष मतदाता दुई लाख २० हजार सात सय १० र महिला मतदाता दुई लाख ३३ हजार चारसय रहेको निर्वाचन अयोगले जनाएको छ ।
निर्वाचन अयोगले उपनिर्वाचनका लागि २४७ मतदानस्थल र ५३७ मतदान तोकिसकेको छ भने मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरेको छ ।
उपनिर्वाचनमा सत्तारूढ नेकपा र राजमोबीच तालमेल गर्ने सहमति अनुसार प्रतिनिधिसभाको कास्की २, प्रदेश सभाको दाङ ३ (ख) र भक्तपुर १ (क) मा राजमोले नेकपाका उम्मेदवारलाई सघाउनेछ भने बाग्लुङ २ (ख) मा नेकपाले राजमो उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु