जब गोलकिपर बन्न बाध्य बने वाकर !
एजेन्सी । बुधबार राती एटलान्टाबिरुद्धको च्याम्पियन्स लिगको खेलमा इङ्लिस च्याम्पियन म्यान्चेस्टर सिटीले अन्तिम १० मिनेट ‘नर्भस’ भएर बिताउनुपर्यो ।
सान सिरोमा घाइते हुँदै गोलकिपर एडर्सनलाई गुमाएको सिटीले उनको स्थानमा आएका क्लाउडियो ब्राभोलाई रातो कार्ड खाँदै गुमायो ।
पेप ग्वार्डिओलासँग अब बाँकी गोलकिपर नै थिएन । त्यस्तो अन्तिमतिर ‘हिरो’का रुपमा आइपुगे इङ्ल्याण्डका डिफेन्डर कायल वाल्कर ।
गोलपोष्ट सम्हालन पुगेका वाकरले एउटा फ्रिकिकको प्रहार रोके भने त्यसपछि पनि गोलकिपरको भूमिका उत्कृष्ट रुपमा निभाए । १० खेलाडीमा सिमित भएको सिटीले एटलान्टासँग उसैको मैदानमा १–१ गोलको बराबरीमा खेल्यो ।
सिटीले खेलको सातौँ मिनेटमै अग्रता बनाएको थियो । सिटीका लागि रहिम स्ट्रलिङले गोल गरे । त्यसपछि ४३औं मिनेटमा गाब्रियल जेससले पेनाल्टी मिस गर्दा सिटी दबाबमा परेको थियो ।
त्यसपछि दोस्रो हाफको सुरुमै एटलान्टाले बराबरी गोल फर्कायो । एटलान्टाका मारियो पासालिकले ४९औं मिनेटमा गोल गरे ।
८१औँ मिनेटमा सिटी १० खेलाडीमा समेटियो । सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले एटलान्टाका जोसिप इलिसिसलाई फल हानेपछि रातो कार्ड पाएका थिए । त्यसपछि सिटीले बराबरीमा चित्त बुझाउँदै अंक बाँडेको हो ।
बराबरीसँगै शीर्ष स्थानमा रहेको सिटीले चार खेलबाट १० अंक बनाएको छ । एक अङ्क बनाएको एटलान्टा अन्तिममा छ । यही समूहको अर्को खेलमा साख्तर डोनेस्क र डाइनामो जाग्रेवले पनि ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बराबरीसँगै समान पाँच अङ्क बनाएका साख्तर र डाइनामो दोस्रो र तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते