बायर्न म्युनिख नकआउट चरणमा

जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले ग्रीसको ओलम्पियाकोसलाई २–० गोलले हरायो ।
बायर्न दुई खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो । अपराजित यात्रा कायम राखेको बायर्नले चार खेलबाट १२ अंक बनाएको छ । बायर्नले प्रशिक्षक निको कोभाकको बर्खास्तीसँगै अन्तरिम प्रशिक्षक हान्स फ्लिकको पहिलो खेलमै सफलता हात पारेको छ । बायर्नको जितमा रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे । खेलभर ओलम्पियाकोसलाई दबाबमा राखेको बायर्नका लेवान्डोस्कीले लागि ६९औं मिनेटमा गोल गरे । ८९औं मिनेटमा पेरिसिसले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
यही समूहको अर्काे खेलमा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा इङ्लिस क्लब टोट्टनहामले सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ४–० गोलले हरायो । टोट्टनहामका लागि सनसँगै जियोभानी लो सेल्सो र क्रिस्टियन इरिक्सनले एक एक गोल गरे । जितसँगै सात अंक बनाएको टोट्टनहाम दोस्रो स्थानमा छ । तीन अंक बनाएको रेड स्टार तेस्रो स्थानमा छ । ओलम्पियाकोस एक अंक सहित समूहको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा