राम रहिमकी सहयोगी हनीप्रीत रिहा

डरा सच्चा सौदा प्रमुख गुरमीत सिंह राम रहीमकी सहयोगी हनीप्रीत इंसालाई पंचकूलाको एक अदालतले बुधबार जमानत दिएको छ । उनी बेलुकी अंबालाको सेन्ट्रल जेलबाट बाहिर निस्किएकी थिइन् ।
हनीप्रीत करिब दुई वर्षदेखि जेलमा बन्द थिइन् । उनीमाथि राम रहीमलाई बलात्कार मामलामा दोषी ठहरिएपछि पंचकूलामा हिंसाको षड्यन्त्र रचेको आरोप छ ।
यसअघि गत हप्ता अदालतले हनीप्रीतमाथि लागेको देशद्रोहको आरोप हटाइएको थियो । त्यसपछि नै उनी जमानत रिहा हुनसक्ने अनुमान गरिएको थियो ।
Photo: GETTY IMAGES
दुई वर्षदेखि जेलमा हनीप्रीतः
पंचकूला हिंसा र राम रहीम जेल गएपछि हनीप्रीत फरार भएकी थिइन् । पछि अक्टोबर २०१७ मा पुलिसले उनलाई पक्राउ गरेको थियो ।
हनीप्रीतका वकिल एपी सिंहले बीबीसी संवाददाता अरविन्द छाबडाकासँगको कुराकानीमा अदालतले हनीप्रीतिको जमानत स्विकार गरेको बताए ।
सिंहले भने, ‘उनीहरुले हनीप्रीतको जमानतका लागि याचिका दर्ता गरेको थिए । जसमाथि सुनुवाई गर्दै अदालतले उनलाई जमानत दिएका छन् ।’
Photo: TWITTER
डेरेमा थियो दबदबाः
डेरा सच्चा सौदामा हनीप्रीतको हैसियत निकै ठूलो थियो । डेरेसँग सम्बन्धित मानिसहरुको दाबी अनुसार राम रहीमपछि डेरेको जिम्मेवारी हनीप्रीतसाग हुन्थ्यो ।
हनीप्रीतको वास्तविक नाम प्रियंका तनेजा हो । उनका हजुरबुवा र बुवा डेरासँग सम्बन्धित थिए । डेरामा आउनुअघि उनको विवाह विश्वास गुप्ता नामका व्यक्तिसँग भएको थियो तर पछि दुईको सम्बन्धविच्छेद भयो । विश्वास गुप्ताका परिवार पनि डेरासँग सम्बन्धित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लागेको निषेधाज्ञा अन्त्य हुँदै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना