बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारको इँजार फुस्क्यो है : बाबुराम भट्टराई

बुधबार, २० कात्तिक २०७६, २२ : ३२
बुधबार, २० कात्तिक २०७६

काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा सार्वजनिक गरेको खबर बाहिर आएपछि परराष्ट मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना गर्दै भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।

बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले चरम ‘राष्ट्रवादको डंका पिट्ने सरकारले हेलचेक्रयाइपूर्ण ढंगले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘चरम‘राष्ट्रवाद’को डंका पिटेर२ ३पड्काउने सरकारको तर्फबाट परराष्ट्र  मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात(वा आँत ?) किन काँपेको होला ?’

भट्टराईले सरकारले कालापानी क्षेत्र मात्र भनेर गोलमाटोल विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप