बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’

बुधबार, २० कात्तिक २०७६, २१ : ५९
बुधबार, २० कात्तिक २०७६

‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । 

बियर पनि मादक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बियर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ । 

बियरले टाउको दुखाइमा ‘पेनकिलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ । 

किन फाइदाजनक छ बियर ?

उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।
अनुसन्धानकर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।
यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।

अन्य फाइदा
मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल बियर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ । 
हप्तामा दुई पटक बियर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।
व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ । अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ । 
बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप