मन्त्री पुनद्वारा भेरी–बबईको निरीक्षण

सुर्खेत – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेएका छन् । बबई किनार हात्तीखालस्थित सुरुङको निकासद्वारबाट ‘मोनोरेल’ चढेर चिप्लेमा रहेको प्रवेशद्वार आएएका मन्त्री पुनले आयोजनाको निरीक्षण गरेका हुन् ।
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२।२ किमी लामो यो सुरुङ निर्माण गरिएको हो । निर्माण अवधिभन्दा झण्डै एक वर्षअघि सम्पन्न भएको सुरुङको ‘बे्रक थु्र’ यही वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
आयोजनाले सुरुङ निर्माण गर्ने क्रममा मोनोरेल ल्याएको थियो । मन्त्री पुनको टोलीलाई मोनोरेलबाट चिप्ले आइपुग्न करीब एक घण्टा लागेको थियो । आयोजनाका प्रमुख सञ्जिव बरालले आयोजनाको पछिल्लो प्रगतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
आयोजना निरीक्षणका क्रममा ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनामा बजेट र जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाए । “प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निगरानी गरिराख्नुभएको छ, कुनै बाधा व्यवधानबिना आयोजना बन्छ”, कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “कुनै लापरवाही नगरी निर्धारित समयभन्दा अगावै सक्ने गरी काममा खटिनुस् ।”
उनले बाँध र विद्युत् गृहलगायतका संरचनाको एकैसाथ निर्माण प्रक्रिया शुरु गरिएको बताए । जनताको जलविद्युत् आयोजनाअन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गरिने उनको भनाइ थियो ।
पूर्वी सल्यानको दार्मा गाउँपालिकामा विद्युत् लाइन विस्तारसम्बन्धी कार्यक्रम जाने क्रममा मन्त्री पुनले भेरी–बबईको निरीक्षण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म