शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साझा पार्टीको आपत्ति

बुधबार, २० कात्तिक २०७६, २१ : ०८
बुधबार, २० कात्तिक २०७६

काठमाडौं – साझा पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “भारत सरकारको यो कदम अन्तरराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।”

नेपालका दर्जनौँ ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको निरन्तररुपमा विरोध गर्दै आएको जनाउँदै उक्त पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भ–ूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन सरकारसँग आग्रह गरेको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्नेमा साझाले जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप