नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण
बुधबार, २० कात्तिक २०७६, २० : ५३
बुटवल – पाँच नम्बर प्रदेश प्रमुख धर्मनाथ यादवले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख यादवले बुधबार साँझ रुपन्देहीको बुटवलस्थित प्रदेश ५को अस्थायी राजधानीको प्रदेश कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणका क्रममा प्रदेश प्रमुख यादवले आफ्नो लागि नयाँ जिम्मेवारी भएको भन्दै सिक्दै बुझ्दै प्रदेशवासीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । आफुले पाएको जिम्मेवारी इमान्दारी पूर्वक पुरा गर्ने उनले बताए । उनले प्रदेशबासीले आफूलाई साथ दिने विश्वास समेत व्यक्त गरे । सो अवसरमा प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसी, कृषिमन्त्री आरती पौड्यल, उद्योगमन्त्री लिला गिरीको उपस्थिति थियो । आज बिहान यसअघिका प्रदेश प्रमुख उमाकान्त झालाई बिदाई गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै