शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

बुधबार, २० कात्तिक २०७६, १८ : ३०
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमिसमेत भागेको विरोधमा राजधानीको माइतीघर कण्डलामा विरोध प्रदर्शन भएको छ । 

काँग्रेसको भातृ संगठन नेविसंघ, नेपालका लागि नेपाली अभियान, अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले बुधबार छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफलेसहित विद्यार्थी नेताहरु सुशील भट्ट, उमेश थापा मगर, निली साह, तरुण दलका भागवत रेग्मीलगायत सहभागी थिए । 

शशांक श्री न्यौपानेले गरेको सो विरोध प्रदर्शनमा सहभागीहरुले भारतीय हस्तक्षेपको विरोध गर्दै तत्काल गल्ती सच्याइनु पर्नेमा जोड दिए । 

यस्तै नेपालका लागि नेपाली अभियानका डा सुरेन्द्र भण्डारी, बाल्कृस्ण नेउपाने, सागर खड्कालगायत पनि राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागी भएका थिए । 

आजै भृकुटीमण्डप क्षेत्रमा सत्तारुढ दल अनेरास्ववियूले पनि भारतले सार्वजनिक गरेको नक्साको विरोधमा प्रदर्शन गरेका थिए । 

यसैबीच सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ । 

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई अमान्य हुने स्पष्ट पारेको छ । 

नेपाल सरकार अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने पक्षमा रहेको पनि सरकारले स्पष्ट पारेको छ । 

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नालापानी क्षेत्रलाई उसको भूभागमा देखाइएको छ भने यस विषयलाई लिएर देशभर व्यापक विरोध भइरहेको छ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप