मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी बलियो अवस्थामा

बुधबार, २० कात्तिक २०७६, १७ : ५२
बुधबार, २० कात्तिक २०७६

काठमाडौं। नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको (क्रिकेट पहिलो दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बलियो अवस्थामा छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाएर तीन सय ११ रन बनाएको छ । खराब प्रकासको कारण नौ ओभर बाँकि रहदै खेल रोकिदा एमसीसीले उच्च योगल तयार गरेको हो । एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाए ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ खेले । विल भान्डेर्सपारले ५३ रन र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ खेलेका छन् । टम वेस्ट्लीले ३९  र एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए । यसैगरी यासिर अराफाट ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् । नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले दुई दुइ विकेट लिए । बिहबार पुन ः  एमसीसीले खेल सुरुवातमा ब्याटिङ गर्नेछन् । नेपालले १४ वर्षपछि घरेलु मैदानमा फस्ट प्रथम श्रेणीको mिकेट खेलेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको पहिलो श्रेणीको क्रिकेट खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप