नक्सामा नेपाली भूमिलाई भारतमा गाभेको विरोधमा विप्लव समूहद्वारा संघर्षको कार्यक्रम घोषणा
बुधबार, २० कात्तिक २०७६, १६ : १५

काठमाडौँ । भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा भागेको विरोधमा प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचेर भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
विप्लवले आफ्नो गल्ती सच्याउन पनि भारतलाई आग्रह गरेका छन् । भारतीय अतिक्रमणका विरुद्ध भन्दै विप्लव समूहले साताव्यापापी संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउनेलगायतका कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ