बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नक्सामा नेपाली भूमिलाई भारतमा गाभेको विरोधमा विप्लव समूहद्वारा संघर्षको कार्यक्रम घोषणा

बुधबार, २० कात्तिक २०७६, १६ : १५
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा भागेको  विरोधमा प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । 

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचेर भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् । 

विप्लवले आफ्नो गल्ती सच्याउन पनि भारतलाई आग्रह गरेका छन् । भारतीय अतिक्रमणका विरुद्ध भन्दै विप्लव समूहले साताव्यापापी संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउनेलगायतका कार्यक्रम तय गरिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप