प्रदेशस्तयीय सुरक्षा गोष्ठीको अठोट : विप्लव समूहका गतिविधि निष्तेज पार्ने
बुटवल । पाँच नम्बर प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले विप्लव समूहको गतिविधि निष्तेज पार्दै सुरक्षा अवस्था सदृढ तुल्याउने प्रतिवद्धता जनाएको छ । संघीय सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजना बुटवलमा १८ र १९ गते गरी दुई दिनसम्म आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीले विप्लव समूहको चुनौतीलाई डटेर सामना गर्ने रणनीति बनाएको हो ।
गोष्ठीमा विप्लव समूहको चुनौतीको डटेर सामना गर्ने र त्यस समूहका क्रियाकलाप निष्तेज पार्ने निर्णय गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पत्रकार सम्मेलनमा बताए । उनले अहिलेको सुरक्षा चुनौती नै विप्लव समूह भएको बताए ।
गोष्ठीले विप्लव समूहको नेताहरु नियन्त्रणमा लिनु, द्वन्द्वकालका हतियारहरु नियन्त्रणमा लिनुलाई महत्वपूर्ण उपलब्धि मानेको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृहसचिव प्रेमकुमार राई, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी गोष्ठीले उपनिर्वाचनका लागि सुरक्षा रणनीतिसमेत तयार पारेको छ ।
मन्त्री केसीले प्रदेश ५ मा ९ स्थानमा उपनिर्वाचनमा लागि सुरक्षाका चार घेरा बनाउने बताए । त्यसमा चारै सुरक्षा निकायको समन्वय रहने उनको भनाइ थियो । उनले संघीय सरकार र प्रदेश सरकारबीच सहयोग र सहकार्यको नीति अवलम्बन गरी अघि बढेर अपराध नियन्त्रण गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्थाको बारेमा संघीय सरकार र प्रदेश सरकारलाई नियमित रुपमा जानकारी गराई समन्वय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन