मंसिर १४ उपनिर्वाचन: उम्मेदवारी मनोनयन बिहीबार, उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
काठमाडौँ– मंसिर १४ मा हुने उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन अयोगले जनाएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी उपनिर्वाचनको तयारी पुरा भएको जनाएको हो ।
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा विभिन्न कारणले रिक्त भएका पदहरूमा आगामी २०७६ साल मङ्सिर १४ गते उपनिर्वाचन हुर्दैछ । जसमा प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानहरूमा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
उपनिर्वाचनमा जम्मा १०१ राजनीतिक दलले भाग लिदैछन् । जसमध्ये प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दलले र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिन सक्नेछन् ।
मतदानको दिन मतदान गर्न जाँदा सबै मतदाताले अनिवार्य रुपमा आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरेको छ । २०७४ सालको निर्वाचन पछि थप भएका १६,२१९ मतदाताहरुको परिचयपत्र तयार गरी वितरण गर्न पठाइसकिएको तथा अन्य मतदाताले २०७४ सालमा आयोगले उपलब्ध गराएको परिचयपत्र भए मतदान गर्न पाउने छन् ।
४ लाख ५४ हजार मतदाता
आयोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार यस उपनिर्वाचनमा सहभागी हुने मतदाताहरूको संख्या ४,५४,११४ रहेको जनाएको छ । उपनिर्वाचनमा ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् ।
आयोगले न्याय परिषद र न्याय सेवा आयोगको परामर्श र सिफारिसमा मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ नियुक्ति गरी निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि प्रशिक्षण कार्यक्रम विराटनगर, ललितपुर र नेपालगञ्जमा सम्पन्न गरेको छ ।
निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित जिल्ला सदरमुकाममा २०७६।७।१७ गते स्थापना भइसकेका छन् ।
स्थानीय तहका सदस्यको उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा २०७६।७।२० गते स्थापना गरेको जनाएको छ । उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्ने सन्दर्भमा अधिकांश निर्वाचन सामग्रीहरू आयोगमा रहेको मौज्दातबाट व्यवस्थापन गरेको जनाएको आयोगले स्थानीयस्तरमा खरिद गरी व्यवस्थापन गर्न सकिने सामग्रीहरु जिल्ला निर्वाचन कार्यालयबाटै गर्न बजेट अख्तियारी पठाएको जनाएको छ ।
मतदाता शिक्षा कार्यक्रम मंसिरमा
निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम मिति २०७६ मङ्सिर ५ देखि ११ गतेसम्म सञ्चालन गर्नेछ । प्रत्येक वडामा दुई जना मतदाता शिक्षा कार्यकर्ताले उक्त अवधिमा मतदाताहरूलाई जानकारीमूलक नमूना मतपत्र, पोष्टर, हातेपुस्तिका लगायतका सामग्रीको माध्यमबाट मतदाता शिक्षा दिइने यसका साथै नमूना मतदान कार्यक्रम, मतदाता शिक्षा गोष्ठी, आयोगको वेबसाइट, मोबाइल एप्स्, फेसबुक मार्पmत मतदातालाई शिक्षा दिनेछ ।
भोलि उम्मेदवारी मनोनयन
२०७६ असोज १५ गते आयोगबाट स्वीकृत भएको उपनिर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि मिति २०७६।०७।२१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । २१ गते दिउसो १.३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।
स्थानीय तहतर्फ यस्तो चुनावी कार्यक्रम
त्यसैगरी, स्थानीय तहका सदस्य पदका लागि कार्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय आयोगले दिएको छ । २७ गते दिउँसो १.३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३० गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मिति २०७६।०८।०१ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
उम्मेदवारले कति खर्च गर्न पाउने ?
२०७४ सालमा सम्पन्न निर्वाचनमा निर्धारण गरिएको मापदण्ड अनुसार नै हुने गरी उपनिर्वाचनको लागि उपमहानगरपालिकाका प्रमुखको लागि ५ लाख ५० हजार, वडा अध्यक्षको लागि २ लाख ५० हजार, नगरपालिकाको वडा अध्यक्षको लागि २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको लागि ३ लाख ५० हजार र वडा अध्यक्षको लागि १ लाख ५० हजार, प्रदेश सभा सदस्य उम्मेदवारको लागि १५ लाख र प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि २५ लाख निर्वाचन खर्चको सीमा निर्धारण गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुलाई प्रचार प्रसारको लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिनको समयावधी उपलब्ध गराएको आयोगले जनाएको छ ।
असोज ८ बाटै आचारसंहिता
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न गर्न आयोगले २०७६।७।८ गतेदेखि निर्वाचन आचार संहिता लागू गरेको जनाएको छ । आयोगले जारी गरेको आचार संहिता पूर्ण रूपमा पालन गर्न गराउन गत कार्तिक १४ गते निर्वाचन आयोगमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा भएको छलफल कार्यक्रममा आचार संहिताको पूर्णपालना गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
निर्वाचन आचरसंहिता कार्यान्वयनमा प्रभावकारिता ल्याउन यस उपनिर्वाचनमा केन्द्रीय आचारसंहिता अनुगमन समिति मार्पmत अनुगमन हुने व्यवस्थाका अतिरिक्त सबै राजनीतिक दलहरुको समेत संलग्नतामा आचारसंहिता जिल्ला स्तरीय अनुगमन समिति गठन गरी उक्त समितिबाट आचारसंहिताको सुक्ष्म अनुगमन गर्ने व्यवस्था गरेको आयोगले जनाएको छ ।
एकीकृत सुरक्षा योजना
सुरक्षा व्यवस्थालाई चुस्त, भरपर्दो र प्रभावकारी बनाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा जिल्ला, प्रदेश तथा केन्द्रस्तरमा एकीकृत सुरक्षा योजना तर्जुमा गरी नेपाल सरकार, गृह मन्त्रालयको समन्वयमा र नेतृत्वमा कार्यान्वयन गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । त्यसैगरी आयोग र सुरक्षा निकाय बीच सम्पर्क, समन्वय र सहजीकरण गर्न आयोगका माननीय आयुक्तको संयोजकत्वमा उच्चस्तरीय सुरक्षा समिति गठन गरी क्रियाशिल बनाएको छ ।
केन्द्र, प्रदेश र स्थानीय सुरक्षा निकाय बीच सम्पर्क र समन्वय गर्न तथा उच्चस्तरीय सुरक्षा समितिबाट भएका निर्णयहरु कार्यान्वयनको व्यवस्था मिलाउन आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू रहने संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्तिक १९ गते देखि सञ्चालनमा ल्याइ सकिएको
छ । यस केन्द्र मार्पmत समग्र निर्वाचन सुरक्षा व्यवस्थापन तथा शान्ति सुरक्षाको अनुगमन गरी आवश्यक व्यवस्थापन, समन्वय र निर्देशन गरिनेछ ।
आयोगले उपनिर्वाचन, २०७६ को पर्यवेक्षण गर्न राष्ट्रिय संघ÷संस्थाहरुबाट आबेदन माग गरी प्राप्त आबेदनहरूको जाँचवुझ गरी पर्यवेक्षण गर्न अनुमति दिने प्रक्रियामा रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु