शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ कविको ‘आमाको हात’

बुधबार, २० कात्तिक २०७६, १३ : ४४
बुधबार, २० कात्तिक २०७६

काठमाडौं– चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित  ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गरेका हुन् ।

तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् । चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आएका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरुका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका  महानायकहरुको स्तुतिगान गरिएको छ । हिमाली कविहरुले लेख्ने आफ्नो जन्मस्थल, जनजातीय संसार, आमा, पहाड, खोला, झाँक्री, पूर्वज आत्मा, रक्सी, कविहरु जस्ता विषयवस्तु तिनमा पाइन्छ । 

माजियाका कवितामा नेपालसँग मिल्दोजुल्दो विषय भएकाले र विश्वको कविताको प्रवृत्ति चिनाउन आफूले नेपालीमा कविता अनुवाद गरी प्रकाशनमा ल्याएको अनुवादक शर्माले बताए । ‘यस सङ्ग्रहका माध्यमबाट अनुवादका लागि उपयुक्त कार्यशाला पनि चलाउन सकिन्छ’, शर्माले भने । सङ्ग्रहमा प्राकृतिक सौन्दर्यको अनौठो चित्रणका साथै चीनको प्रतिविम्ब भेट्न सकिने उनको भनाइ छ । चीनले माजियाको काव्य ऊर्जाबाट आफूलाई प्रस्तुत गरेको विचार पनि शर्माले व्यक्त गरे ।

अमेरिकी कवि ज्याक हिर्शम्यानले माजियालाई कविता कलाको सम्प्रेषणमार्फत विश्व रुपान्तरण सक्ने अद्भुत सांस्कृतिक शक्ति भएको तथा नोबेल  पुरस्कारका उपयुक्त पात्र भएको टिप्पणी गरेका छन् । आगामी दिनमा फ्रान्सेली, जर्मनेली, स्पेनी, पोर्तगाली, अमेरिकी, ल्याटिन अमेरिकी कविताहरुको पनि अनुवाद गरिने जानकारी शर्माले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप