भेरी करिडोरमा १५ पुल निर्माण हुँदै
जाजरकोट– भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
मन्त्री बस्नेतले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भने, ‘हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।’ गृह जिल्ला आउनुभएका मन्त्री बस्नेतले जाजरकोट खण्डभित्र रहेका आठ पुल र डोल्पा खण्डका सात पुल निर्माणकार्य यसै आर्थिक वर्षबाट शुरु हुने बताए । सार्वजनिक खरीद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको बोलपत्र आह्वानका साथै रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम रद्द भएकाले यो वर्ष सबै काम हुने उनले बताए ।
जाजरकोट खण्डको झुर्मेखोला, नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरीखोला, त्रात्रगाड, तासुँगाड र तल्लुस्थित भेरी नदीमा पुल निर्माण हुनेछन् । त्यस्तै डोल्पा खण्डमा रिजिगारखोला, उसुमखोला, करवगाडखोला, भेरी नदी खदाङ, खदाङखोला, छलगाडखोला र त्रिपुरासुन्दरी भेरी नदीमा पुुल निर्माणका लागि सड़क विभाग पुल महाशाखाले पहल थालेको हो ।
विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीले नै समस्यामा पारेको उनको भनाइ छ । मूल ठेकेदारले कामको जिम्मेवारी लिएपछि कामको जिम्मा साना निर्माण व्यवसायीलाई दिने अनि साना ठेकेदारबाट काम नहुने मात्र होइन, वर्षौसम्म झुलाइदिने कार्यले समस्या आएको उनको भनाइ छ । विकास निर्माणका काममा अवरोध नगर्न उनले आग्रह गरे ।
दुनैसम्म सडकको ट्र्याक खोल्ने काम पूरा भएकाले दुनैबाट मरिम्ला सडकखण्डको निर्माणका लागि पनि यसै वर्षदेखि काम गर्न छलफल शुरु भएको पूर्वमन्त्री एवं सांसद सत्य पहाडीले बताए। भेरी करिडोरमा पुल निर्माणसँगै यो वर्ष बोलपत्र आह्वान कालेगाउँदेखि रिम्ना हुँदै तल्लुसम्म हुने भएकाले बहुवर्षीय ठेक्कामार्फत सडक निर्माणको काम हुने उनको भनाइ छ । यसै आर्थिक वर्षदेखि नै त्रिवेणीदेखि इलसम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पूरा भएकाले सडक निर्माणकार्य शुरु हुने पहाडीले बताए ।
प्रदेश सरकार र सङ्घीय सरकारमार्फत संयुक्तरूपमा बजेट विनियोजन भएकाले यहाँ काम हुन लागेको हो । जगदुल्ला हाइडा«ेपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ । अहिले जगदुल्ला हाइडा«ेपावरको मुआब्जा वितरणको काम शुरु भएको छ । सडकको स्तरोन्नतिको काम नै पहिलो विकासको आधार भएकाले त्यसतर्फ केन्द्रित हुनुपरेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
-
एमपक्सको स्वरुप फेरियो, के यो यौन रोगसँग सम्बन्धित छ ? (भिडियो)
-
हुम्लामा हिमपात, जनजीवन प्रभावित
-
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो थप बढ्ने