बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सत्यतथ्य प्रकाशमा ल्याउन मोहन वैद्यको माग

बुधबार, २० कात्तिक २०७६, ११ : ५७
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभाग भारतमा गाभेको भन्दै आपत्ति जनाएको छ ।

सो पार्टीले भारतको यो कदमलाई नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण भनेको छ ।

क्रान्तिकारी माओवादीले यसबारे सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गम्भीर बन्न जरुरी रहेको पनि जनाएको छ ।

‘हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ ।

साथै, यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसँग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदारमाग गर्दछ’ महासचिव मोहन वैद्यले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप