शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँचीमा कार दुर्घटना,  एकै परिवारका तीन जनाको मृत्यु

बुधबार, २० कात्तिक २०७६, ११ : ००
बुधबार, २० कात्तिक २०७६

बुटवल । अर्घाखाँचीको ठाडा नजिकै कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार सन्धीखर्क नगरपालिका वडा नम्वर ६  ठाडा देखि ३०० मिटर अगाडी (सन्धीखर्कतर्फ) दुर्घटना हुँदा पाणिनी गाउँपालिका ८ घर भइ रुपन्देहीको सैनामैनामा बस्दै आएका ८० वर्षीय दुर्गादेवी खड्का र उनका दुई छोरा  ३९ वर्षीया तीबलहादुर तथा भक्तबहादुरको ज्यान गएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

यस्तै घाइते गंगाबहादुर खड्का र बिनोद खड्कालाई उपचारका लागि बुटवल पठाइएको छ । 

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार कार अनियन्त्रित भइ सडकदेखि करीब सय मिटर तल खसेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप