मुलुक समाजवादमा प्रवेशः गृहमन्त्री थापा
बुटवल-गृहमन्त्री रामबहादुर थापाले देश समाजवादमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका थापाले आज नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजनीतिक अधिकारका लागि लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएकाले राजनीतिक कार्यदिशा पूरा भएको बताए ।
गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि समाजवाद स्थापनाका लागि मुलुकको समृद्धि मुख्य मुद्दा बनेको बताए । उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउन सरकार विकासका पूर्वाधार निर्माणमा लागिपरेको बताए । यसअघि गृहमन्त्री थापाले बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश नं ५ भारतीय सीमासम्म जोडिएकाले सुरक्षा संवेदनशीलतामा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
यस्तै प्रदेशका केही जिल्लामा सामाजिक सद्भाव बिथोल्ने प्रयत्न भइरहेकाले त्यसप्रति प्रशासनिक तथा सुरक्षा निकायले ध्यान पु¥याउनुपर्नेमा उनले जोड दिए । यस्तै विभिन्न आन्दोलनका नाममा भइरहेका विभिन्न खाले गतिविधिमा समेत गम्भीरतापूर्वक ध्यान पु¥याउन उनले निर्देशन दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो