स्मिथको ब्याटिङमा घुम्यो पाकिस्तान

एजेन्सी-स्टिभ स्मिथले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलिया सजिलै विजयी भएको छ । मंगलबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई सात विकेटले हरायो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १—० को अग्रता लिएको छ । यसअघि पहिलो खेल अनिर्णित रूपमा सकिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले अर्धशतक बनाए । ओपनर बाबरले ५० र इफ्तिखार अहमदले अविजित ६२ रन बनाएका थिए । मोहम्मद रिजवानले १४ र इमाद वसिम ११ रन बनाएका थिए । अस्ट्रेलियाका एस्टन अगरले दुई तथा केन रिचर्डसन र प्याट कुमिन्सले एक÷एक विकेट लिए ।
एक सय ५१ रनको विजय लक्ष्य पाएको अस्ट्रेलियाले १८.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाको नितमा स्टिभ स्मिथले अविजित ८० रन बनाए । स्मिथले ५१ ब्लमा एक छक्का र ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
बेन म्याकडर्मोटले २१, डेभिड वार्नरल २० र कप्तान एरोन फिन्च १७ रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानका मोहम्मद इरफान, इमाद बसिम र मोहम्मद आमिरले एक÷एक विकेट लिए । अस्ट्रेलियाका स्मिथ म्यान अफ दी म्याच घोषित भए । शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ