सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेको नमोबुद्धमा क्षतविक्षत अवस्थामा भेटिए एक दम्पत्ती

मङ्गलबार, १९ कात्तिक २०७६, १९ : १४
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं– काभ्रेको नमोबुद्धमा एक दम्पत्ती मृतअवस्थामा फेला परेका छन् । नमोबुद्ध नगरपालिका– ८ मा ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकुमाया श्रेष्ठ मृतअवस्थामा फेला परेका हुन् । ती दम्पत्तीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको शव क्षतविक्षत अवस्थामा सिरकले छोपेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । एसपी सापकोटाका अनुसार घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो समेत छरिएको अवस्थामा भेटिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप