टीभीएस एनटर्क– सधैं तपाईको साथमा
काठमाडौं– जगदम्बा मोटर्स नेपालका लागि टीभीएस स्कुटरको अधिकृत वितरकले नेपालीहरुको महान चाड दशैंको अवसरमा वृद्धवृद्धा र बच्चा बोकेको महिलाहरुको मन्दिर भ्रमणलाई सहज बनाउन मद्दत गरेको छ ।
यो पहल सप्तमी र अष्ठमी गरेर दुई दिनसम्म जारी रहेको थियो । टीभीएस एनटर्कका स्वयमंसेवकहरु उपत्यकाकै अत्यन्त भीडभाड हुने मन्दिर गुहेश्वरी र भद्रकालीमा छरिएर सयौंको संख्यामा रहेका वृद्धवृद्धा र बच्चा बोकेका महिलाहरु दर्शनाथीहरुको स्थानमा गएर उनीहरुको पालोका लागि लाईनमा बसेर सहयोग गरिरहेका थिए ।
भक्तजनहरुले टीभीएस एनटर्कको स्टलमा विश्राम गरे र यसैबीचमा स्वयमंसेवकहरु उनीहरुका लागि लाईनमा बसिदिए । स्वयमंसेवक बाहेक थुप्रै युवाहरुले टिभीएस एनटर्कको महान कार्यमा हात बढाए ।
यो पहलको मुख्य उद्देश्य वृद्धवृद्धाहरुको मन्दिर भ्रमणलाई सहज बनाउनु रहेको थियो । यो अभियानको साथ टीभीएस एनटर्क ‘सधैं तपाईको साथमा’ भन्ने सिद्धान्तमा अटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल