शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन प्रस्तुत

मङ्गलबार, १९ कात्तिक २०७६, १८ : ३०
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानको धारा २६३ मा  नेपालमा एक थारु आयोग रहने व्यवस्था छ । वर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा विसं २०७५ चैत ७ गते आयोगको गठन भएको थियो । गठनपछि आयोगले संवैधानिक व्यवस्थाअनुरूप समावेशी र समानुपातिक सिद्धान्त कार्यान्वयन गर्ने सन्दर्भमा थारु समुदायको हकहित र अधिकारका लागि समुदायबीचमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्दै आएको छ ।

मुलुकको तराई÷मधेशका २४ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहिआएको छ । नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार रहेको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप