उपनिर्वाचनका लागि बिहीबार मनोनयनपत्र दर्ता, यी हुन् मनोनयनपत्र दर्ताका लागि आवश्यक कागजात

काठमाडौँ । आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको हकमा सो दिन विहान १० बजेदेखि दिउँसो १ बजे सम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीयतहको हकमा भने कात्तिक २७ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
यस्तै आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित जिल्ला सदरमुकाममा स्थापना भैसकेको जनाएको छ । यस्तै स्थानीय तहको उपनिर्वाचनको लागि भने सम्बन्धित स्थानीय तहको केन्द्रमा बुधबार स्थापना हुने जनाएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको हकमा मनोनयनपत्र साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ :
(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि/निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि,
(२) ......... गाउँपालिका÷नगरपालिकाको .... वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
(३) ....................नामको राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा),
(४) प्रतिनिधि सभा सदस्यको लागि रु. १०,०००।–(अक्षररुपी दशहजार) र प्रदेश सभा सदस्य को लागि रु. ५,०००।– (अक्षररुपी पाँचहजार) धरौटी राख्नुपर्ने,
(५) मतदाता नम्बर ः ..............
(६) सम्पत्ति विवरण ः
(क) घर सङ्ख्या ः
(ख) घर रहेको स्थान ः
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा नंं, कि.नं., क्षेत्रफल)ः–
(७) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।
स्थानीय तहका अध्यक्षरउपाध्यक्षरप्रमुखरउपप्रमुखरवडा अध्यक्ष पदको हकमा मनोनयनपत्र साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ :
(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि),
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि),
(४) ....................नामको राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा),
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि रु. १,५००।– (अक्षररुपी एकहजार पाँचसय) र वडा अध्यक्ष पदको लागि रु. १,०००।– (अक्षररुपी एकहजार) धरौटी राख्नुपर्ने,
(६) मतदाता नम्बर ः– ..............
(७) सम्पत्ति विवरण
(क) घर संख्या :
(ख) घर रहेको स्थान :
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका÷नगरपालिका, वडा नंं, कि.नं., क्षेत्रफल) :
(८) अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुख÷वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु