दाङमा उपनिर्वाचनः ६ मतदान केन्द्र अतिसंवेदनशील
बुटवल । प्रदेश नम्बर ५ का ७ जिल्लाका ९ स्थानमा मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । यो प्रदेशमा हुन लागेको मध्ये सवैभन्दा धेरै चर्चा गरिएको दाङको निर्वाचन क्षेत्र हो ।
किनकी जहाँ प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का लागि उपनिर्वाचन हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि ८२ वटा मतदान केन्द्र समेत निर्धारण गरिएको छ । जसमा प्रदेशसभाका लागि ७७ वटा र वडाका लागि ५ वटा केन्द्र तोकिएको छ ।
तीमध्ये २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । त्यसकालागि सुरक्षा व्यबस्था कडा बनाउन कार्ययोजना बनाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द्र प्रसाद रिजालले बताए । तर कुन कुन स्थलमा सुरक्षा चुनौति भएको भन्नेबारे भने उनले खुलाउन चाहेनन् ।
प्रदेशसभामा नेकपाले विमला वोलीलाई उम्मेदवार बनाएको छ । उनी स्वार्गीय उत्तर कुमार वलीको श्रीमति हुन् । उत्तर कुमारको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । यस्तै काँग्रेसले भने उम्मेदवारी टुंग्याउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने