नवलपरासीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्युु
मङ्गलबार, १९ कात्तिक २०७६, १७ : ४९

बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि सरावल गाउँपालिका वडा नं.३ सरावलका २७ वर्षीय निरज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोबरहियाले जनाएको छ । चौधरीको शव पोस्टमार्टमका लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का