न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले दिए बयान

रौतहट बमकाण्डका आरोपी नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । आलमको जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा बयान दिएका छन् ।
उनको बयान लिने क्रम आजका लागि सकिएको र भोलि १० बजेदेखि फेरि बयान लिन सुरु हुने छ । उनको बयानसँगै पक्ष विपक्षमा बसह सुरु हुछ ।
सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो ।
आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।
१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिल कार्यालयले आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइसको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
राय, सुझाव र प्रतिक्रियाबारे छलफल गर्न सर्च कमिटीको बैठक
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान