बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको छोराको नेतृत्वमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

मङ्गलबार, १९ कात्तिक २०७६, १५ : ३६
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौँ । मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । 

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरे । 

उनीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । 

उनीहरुले मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए । 

प्रदर्शनका क्रममा अभियानका संयोजक प्रकाश चन्दले बढी असुलिएको सुल्क फिर्तालगायतका आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए । प्रकाश प्रतिवन्धित नेकपाका महासचिव विप्लवका छोरा समेत हुन् ।  उनको नेतृत्वमा मेडिकल क्षेत्रमा भएको बेथितिविरुद्ध केही समययता आन्दोलन हुँदै आएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप