कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
मङ्गलबार, १९ कात्तिक २०७६, १४ : ४५
काठमाडौँ । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका कही सदस्यहरु भने उपस्थित भएका थिए ।
बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो । तर समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कात्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ ।
कात्तिक २८ गते बिहीबार विहान ११ बजे बैठक बस्ने गरी आज बोलाइएको बैठक स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकुच्चाको सागमा विषादी
-
विधानमा भएको त्रुटि नसच्याइए सबै कार्यक्रम बहिस्कार गर्ने अखिल क्रान्तिकारी प्रदेश अध्यक्षहरूको चेतावनी
-
बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ : महामन्त्री थापा
-
दैलेखमा भूकम्पको धक्का
-
सहायताको बदलामा युक्रेनबाट दुलर्भ खनिज चाहन्छन् ट्रम्प
-
कांग्रेसभित्र संघ–प्रदेश पश्चात् स्थानीय तहको निर्वाचन गर्नुपर्ने मत