विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर छ: मन्त्री ढकाल

काठमाडौ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको ‘न्याय क्षेत्र सुधार तथा प्रविधि’ विषयको उच्चस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उनले न्याय सम्पादनमा सूचना प्रविधिको प्रयोग, त्यसमा नेपालको अवस्था र चुनौतीबारे जानकारी दिनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्री ढकालले न्यायपालिकामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग, त्यससम्बन्धी पूर्वाधार तथा जनशक्ति विकासका निम्ति विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको बताएका थिए ।
चारदिने ‘न्याय, कानुन र विकास सप्ताह’अन्तर्गत यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने उच्चस्तरीय बैठकमा २५ देशका कानूनमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीश/न्यायाधीश, महान्यायाधिवक्ता तथा न्याय क्षेत्रका उच्च अधिकारी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख