बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अब सरकारविरुद्ध सशक्त ढङ्गले प्रतिवादमा उत्रिन्छौँ : सभापति देउवा

सोमबार, १८ कात्तिक २०७६, १९ : ४९
सोमबार, १८ कात्तिक २०७६

सिन्धुपाल्चोक–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् ।
    
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको सोमबारउद्घाटन गर्दै उनले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए । 

उनले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवादमा उत्रिने जिकिर गरे । भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिए । 
    
वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद् अग्नि सापकोटा र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राखे ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु नौ करोड १८ लाख ७८२ मा सुविधा सम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप