शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसीले सुरु गरे डडेल्धुरामा १७ औं अनशन

सोमबार, १८ कात्तिक २०७६, १८ : ४३
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ– प्राध्यापक डा.गोविन्द केसीले आजदेखि १७ औँ अनशन डडेल्धुरामा सुरु गरेका छन् । डा.केसीले डडेल्धुराको अमरगढी–५ स्थित डडेल्धुरा अस्पताल जाने बाटोमा रहेको मेडिकल सञ्चालक निलकण्ठ भट्टको घरमा १७ औं अनशन सुरु गरेका हुन् ।

१६ औँ अनशनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नभएको र अहिलेसम्म सरकारले छलफलका लागि नबोलाएपछि डा.केसीले अनशन सुरु गरेका हुन् । १६ औं अनसन इलाममा बसेका डा.केसी १७ औँ अनशनको लागि डडेल्धुरा पुगेका उनका सहयोगीले जानकारी दिए । 

प्रा.डा.केसी मेडिकल शिक्षाको बेथिति हटाइनुपर्ने माग गर्दै २०६९ असार २१ देखि पटक पटक अनसन बस्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप