जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जनाको मृत्यु
बझाङ । निर्माणाधीन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदूर मृत फेला परेका छन् । आइतवार दिउँसोदेखि सुरुङमा फसेका उनीहरु सोमबार दिँउँसो मृत फेला परेका हुन् ।
सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुरशाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद तथा बझाङ बुङ्गल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।
उनीहरु सबैको अक्सिजनको कमीका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए ।
मजदूर फसेको जानकारीलगत्रै नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसके पछि सोमबार काठमाडौँबाट थप उद्धार टोली मगाइएको थियो । सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको हो ।
कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको ७५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको यो सुरुङ्ग १ हजार ६ सय मिटर लामो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने