गुल्मीमा बेवारिसे भेटिएका ३ शवको अझै खुलेन पहिचान
बुटवल– गुल्मीको चन्द्रकोट गाउँपालिका ३ पोखरीको जंगलमा शनिबार बिहान विभत्स हत्या गरी फालिएको शव फेला पर्यो । एक अधबैंशे महिला र दुई (करिव १० बर्षका) बालिकालाई घनले हानेर सडकभन्दा करिब १५ फिट तल फालिएको थियो । ३ दिन बितिसक्दा समेत ३ वटै शवको पहिचान हुन सकेको छैन् । शवको अझैं पहिचान नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिनबहादुर घलेले बताए । प्रहरीले अन्य जिल्लाबाट ल्याएर हत्या गरी ती शव फालेको हुनसक्ने आशंका गरेको छ ।
गुल्मी र बाग्लुङको सिमानामा पर्ने चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ हर्राचौरको उर्लेनीमा कच्ची सडकभन्दा १५ फिट तल मंगोलियन अनुहारकी झन्डै ३० बर्षीय महिला र उनको शव नजिकै करिब १० बर्षका दुई बालिकाको शव पनि देखिन्छ ।
शवको टाउकोमा गम्भीर चोट छ । घटनास्थल नजिकै हम्मर (घन) भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमपछि गुल्मी अस्पतालमा राख्न समस्या भएपछि पाल्पा अस्पताल पठाइएको छ । प्रहरीले शव पहिचानको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरेको छ । तर, अहिलेसम्म कोही सम्पर्कमा आएका छैनन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । पोष्टमार्टम रिपोर्ट आएपछि केही कुरा खुल्न सक्ने उनको भनाई छ । ्महिला र बालबालिकाको कसैले हत्या नै गरेर फालेको हुनसक्ने अनुमान चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले गरे । उनले महिलाको मुहारदेखि टाउकोसम्म लागेको घाउचोटले पनि यसको पुष्टि गर्ने बताए ।
घटनास्थलमा भेटिएको शव आफ्नो गाउँपालिका र नजिकको गाउँपालिकाका व्यतिmहरुको नभएको दावी गरे । उनले हत्या गर्ने उदेश्यले उनीहरुलाई जिपमा हालेर बाहिरी जिल्लाबाट ल्याएको हुनसक्ने अनुमान गरे ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शवको विवरण खुलाउँदै स्थानीय सञ्चारमाध्यममा सूचना समेत जारी गरेको छ । तर कोही पनि सम्पर्कमा आएका छैनन् घटनास्थल जिल्ला प्रहरी कार्यालय गुल्मीदेखि पूर्व करिव ४० किलोमिटरको दूरीमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु