बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी (तस्बिरहरु)

सोमबार, १८ कात्तिक २०७६, १७ : ३३
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।

 कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो  । 
नेपालको जितमा विनोद भण्डारीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे । खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो  । 

तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । शरद २४ रनमा आउट हुँदा दिपेन्द्रले २३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा आरिफ शेखले २३ तथा इशान पाण्डेले चार रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो ।

एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए । विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान चार चार विकेट लिए । 

करण केसी र अविनास बोहराले एक एक  विकेट लिए ।  जितसँगै स्थायी कप्तानको डेब्यु खेलमा मल्लले नेपाललाई जित दिलाएका छन् । नियमित कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले गत साता उनलाई कप्तान चयन गरेको थियो । अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ । त्यसपछि नेपाल र एमसीसीबीच टी–२०खेल हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप